मन्त्री बस्नेतलाई पितृ शोक

पाेखरा न्यूज । गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास र आन्तरिक मामिला तथा कानुन मन्त्री रामशरण बस्नेतलाई पितृ शोक परेको छ ।

प्रदेश सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री बस्नेतका पिता लिला बहादुर बस्नेतकोे ८१ वर्षको उमेरमा आज बिहान निधन भएको हो ।

उहाँको गोरखास्थित घरमै निधन भएको परिवारले जनाएको छ । उहाँ लामो समयदेखि प्रेसर लगायतका रोगबाट बिरामी हुनुहुन्थ्यो ।

लिलाबहादुरकी पत्नी, ३ छोरा र एक छोरी हुनहुन्छ । मन्त्री रामशरण जेठो छोरा हुनुहुन्छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button