कांग्रेस नेता घर्तीलाई पत्नीशोक

पोखरा न्यूज । नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिलबहादुर घर्तीलाई पत्नीशोक परेको छ । राज्य व्यवस्था समितिका पूर्वसभापति एवम् तत्कालीन संविधानसभा सदस्य घर्तीकी श्रीमती मुक्ताको आइतबार बिहान ६८ वर्षका उमेरमा स्थानीय सीतापाइलास्थित निवासमा निधन भएको हो ।

लामो समयदेखि बिरामी घर्ती बिहान एक्कासि बेहोश हुनुभएको थियो । स्व मुक्ता कृष्णप्रसाद कोइरालाकी श्रीमती मोहनकुमारीकी नातिनी हुनुहुन्थ्यो । स्व घर्तीको आइतबार नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उहाँका एकएक छोरा र छोरी हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button