एमालेका असन्तुष्ट सांसदहरुका समस्या समाधान गर्ने प्रधानमन्त्रीकाे आश्वासन

पाेखरा न्यूज । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीका नेताहरुलाई हताराेमा कुनै अनुचित निर्णय नगर्न र समस्याहरुकाे सँगै बसेर छलफलबाट समाधान निकाल्न आव्हान गर्नुभएकाे छ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी एमालेका नेता माधव नेपाल समूहका प्रतिनिधिसभाका सांसदहरुले सामुहिक राजिनामा दिने चर्चाका वीच प्रधानमन्त्रीले आज बिहान सामाजिक संजालमा सन्देश पाेष्ट गरेर यस्ताे आग्रह गर्नु भएकाे हाे ।

एमाले अध्यक्ष तथा प्रधानमन्त्री ओलीले विश्वासको मत लिने प्रयोजनका लागि आज दिनको १ बजेबाट प्रतिनिधिसभाको विशेष अधिवेशन र बैठक बस्दैछ। ओलीले प्रतिनिधिसभामा प्रधानमन्त्रीका पक्षमा मतदान गर्न दलका तर्फबाट पुनः आग्रह गर्नुभएको छ ।

प्रधानमन्त्रीले संजालमा यस्ताे लेख्नुभएकाे छः

नेकपा (एमाले) संसदीय दलका सबै माननीय सदस्यहरूलाई अवगत नै छ, प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि आज दिनको १ बजेबाट प्रतिनिधिसभाको विशेष अधिवेशन र बैठक बस्दैछ । त्यस प्रयोजनका लागि प्रधानमन्त्रीको पक्षमा मतदान गर्न दलका तर्फबाट जानकारी गराइएको छ।

यस्तो अवस्थामा आन्तरिक मतभेद वा असन्तुष्टि केही भए आपसी छलफलबाट समाधान गर्न सकिने नै छ। तसर्थ, हतारोमा कुनै पनि अनुचित निर्णयमा जान वाञ्छनीय नहुने कुरामा म सबै माननीयज्यूहरूको ध्यानाकर्षण गराउन चाहन्छु। आउनुस्, केही समस्या भए सँगै बसौं, छलफल गरौं र समाधान गरौं ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button