कतारका विभिन्न क्षेत्रका प्रतिवन्ध क्रमशः हट्ने

तिलु शर्मा पौडेल, दोहा कतार । कोरोनाका कारण कतारका विभिन्न क्षेत्रमा लगाइएको प्रतिवन्ध क्रमबद्ध हट्ने भएको छ। कतारको जनस्वास्थ्य मन्त्रालयले हिजो राति आयोजना गरेको पत्रकार सम्मेलन मार्फत २८ मे बाट विभिन्न क्षेत्रका प्रतिबन्ध हट्ने जनाएको छ । प्रतिबन्ध ४ चरणमा फुकुवा हुने भएको छ । कोरोनाको दुई डोज भ्याक्सिन लगाएकाहरूलाई विशेष लाभ मिल्ने भएको छ ।

मे २८ बाट कोरोनाको दुई डोज भ्याक्सिन लगाएकाहरूले एक भन्दा बढी घरमा काम गर्न पाउने भएका छन् । ५० प्रतिशत भन्दा बढीले अफिसबाट काम गर्न पाउने छन् । दुई डोज भ्याक्सिन लगाएकाहरू १५ जना सम्म भेला भएर बस्न सक्नेछन् भने होटेलमा भित्र बसेर खाना खान पाउनेछन् । मलहरू ३० % खोल्न पाइने छ भने फुड कोर्टहरू बन्द रहनेछन् । ३० % क्षमताले सिनेमा घर खोल्न पाइने छ तर १६ वर्ष मुनिका बालबालिकालाई प्रतिबन्ध कायमै रहने छ ।

तीस प्रतिशत क्षमतामा पार्क, जिम हल, स्विमिङ पुल, सैलुन, पुस्तकालय, विद्यालय, ट्रेनिङ सेन्टर, चायल्ड केयर सेन्टर, ड्राइभिङ स्कुल, सार्वजनिक सवारी साधन सञ्चालन गर्न पाइने छ तर भ्याक्सिन लगाइएको हुनु पर्नेछ l सार्वजनिक पार्कहरू खुल्नेछन् भने डुङ्गाहरू सीमित क्षमतामा सञ्चालन गर्न पाइने छ l मस्जिदहरू खुल्ला गरिनेछ भने १२ वर्ष भन्दा मुनिका बालबालिका लाइ मस्जिदमा प्रार्थना गर्न प्रतिबन्ध लगाइएको छ l विवाहहरूमा प्रतिबन्ध यथावत् रहेनछ l खोप लगाई सकेका १० र नलगाएका ५ जनाले बैठक तथा भेला गर्न पाइने भएको छ l

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button