सूर्य थापा भन्छन्- सायद यस्तैलाई पाखण्डीपन भनिन्छ हाेला?

पोखरा न्यूज । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहले वार्ताकाे कलाविहिन नाटक गरेकाे बताउनु भएकाे छ ।

साेमबार नेपाल कम्युनिष्ट पार्टी एमाले संसदीय दलको निर्देशनलाई अवज्ञा गर्दै साे समूह संसदमा मतदानमा अनुपस्थित भएपछि प्रतिक्रिया दिँदै थापाले यस्तैलाइ पाखण्डीपन भनिन्छ हाेला ? भन्दै टिप्पणी गर्नुभएकाे छ ।

एमालेकै वरिष्ठ नेता खनाल र नेपाल समूहका २८ जनासांसद मतदानमा अनुपस्थित हुनु भएको हो । प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओली प्रतिनिधि सभाबाट विश्वासको मत लिन असफल हुनुभएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले सामाजिक संजालमा यस्ताे लेख्नुभएकाे छः

केही मान्छेहरूकाे जिन्दगी विराेधाभाषले भरिएको र राेचक पाइन्छ, आफ्नै पार्टीकाे सरकारविरुद्ध राजीनामा दिने हल्ला गर्छन्, सांसदहरूलाई तिनैले विराेधमा उकास्छन्, तथानाम बाेल्छन्, अहाेरात्र पार्टी कब्जा, विखण्डन र विभाजनको कृत्य गर्छन् र पार्टी एकताकाे आँसु पनि झार्दै तिनैले वार्ताका कलाबिहीन नाटक पनि गरेका देखिन्छन् ! सायद यस्तैलाई पाखण्डीपन भनिन्छ हाेला?

आज वैशाख २७ गते
पार्टी ह्वीप उल्लंघन गर्नेहरू –
१. योगेश भट्टराई
२. झलनाथ खनाल
३. पवित्रा निरौला खरेल
४. भवानी खापुङ
५. जयकुमार राई
६ . यज्ञराज सुनुवार
७. गणेश पहाडी
८. विरोध खतिवडा
९. कृष्णलाल महर्जन
१०. माधवकुमार नेपाल
११. जीवनराम श्रेष्ठ
१२. नारायण खतिवडा
१३. घनश्याम भुसाल
१४. गोकर्ण विष्ट
१५. सोमप्रसाद पाण्डे
१६. मेटमणी चौधरी
१७. झपट रावल
१८. भीमवहादुर रावल
१९. दिपकप्रकाश भट्ट
२०. सुरेन्द्र पाण्डे
२१. रामकुमारी झाँक्री
२२. सरला यादव
२३. पुष्पाकुमारी कर्ण
२४ं कल्याणी खड्का
२५.निरादेवी जैरु
२६. कलिला खान (उपस्थित भएर भाेट नहालेकी !)
२७. लक्ष्मीकुमारी चौधरी
२८. मुकुन्द न्यौपाने
अब त वास्तविक मुहार स्पष्ट भयाे नि !

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button