ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

पोखरा न्यूज । ट्रकले ठक्कर दिँदा एक पैदलयात्रीको नारायणगढ–मुग्लिन सडकखण्डमा मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२९ जुगेडीका ५६ वर्षीय धनबहादुर गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

कार्यालयका अनुसार मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको ना४ख ४४६० नंको ट्रकले जुगेडीमा पैदलयात्रीलाई ठक्कर दिएको थियो ।

ठक्करबाट गुरुङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रक र ट्रकचालक प्रहरी नियन्त्रणमा रहेका छन् । दुर्घटना सोमबार राति १०ः३० बजे भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button