पाेखरामा थप ११ जना काेराेना संक्रमितहरुकाे निधन

पाेखरा न्यूज । पछिल्लाे २४ घण्टामा पाेखराकाे अस्पतालहरुमा उपचाररत १० जना र १ जनाकाे हाेमआइसोलेसनमा गरी थप ११ जना कोरोना संक्रमितहरुकाे निधन भएकाे छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले दिएकाे जानकारी अनुसार रुपन्देही जिल्लाकाे सैनामैना नगरपालिका–१ का ४० वर्षीया पुरुषकाे आज बिहान चरक मेमाेरियल अस्पताल पाेखरामा निधन भएकाे छ । उहाँलाई बैशाख २५  गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

कास्की जिल्लाकाे पाेखरा महानगरपालिका–६ की ३२ वर्षीय महिलाकाे  हिजाे राति गण्डकी मेडिकल कलेज पाेखरामा उपचारकाे क्रममा निधन भएकाे हाे । उहाँलाई बैशाख १६  गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

म्याग्दी जिल्लाकाे बेनी नगरपालिका–९ का ५२ वर्षीया महिलाकाे हिजाे राति मणिपाल शिक्षण अस्पताल पाेखरामा निधन भएकाे छ । उहाँलाई बैशाख २५ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

कास्की जिल्लाकाे पाेखरा महानगरपालिका–१७ का ८४ वर्षीय पुरुषकाे हिजाे राति पाेखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पाेखरा निधन भएकाे छ । उहाँलाई बैशाख २७ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

स्याङ्जा जिल्लाकाे भिरकाेट नगरपालिका–१ का ६८ वर्षीय पुरुषकाे हिजाे राति पाेखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पाेखरा निधन भएकाे छ । उहाँलाई बैशाख २० गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

तनहुँ जिल्लाकाे व्यास नगरपालिका–१ का ५७ वर्षीया महिलाकाे हिजाे बिहान पश्चिमाञ्चल सामुदायिक अस्पताल पाेखरामा निधन भएकाे छ । उहाँलाई बैशाख २७ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

कास्की जिल्लाकाे पाेखरा महानगरपालिका–१६ का ६० वर्षीया महिलाकाे हिजाे दिउसाे पश्चिमाञ्चल सामुदायिक अस्पताल पाेखरामा निधन भएकाे छ । उहाँलाई बैशाख २७ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

रुपन्देही जिल्लाकाे बुटवल नगरपालिका–११ का ५५ वर्षीया महिलाकाे हिजाे राति मणिपाल शिक्षण अस्पताल पाेखरामा निधन भएकाे छ । उहाँलाई बैशाख २५ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

कास्की जिल्लाकाे पाेखरा महानगरपालिका–६ का ५२ वर्षीया पुरुषकाे हिजाे राति फिस्टेल  अस्पताल पाेखरामा निधन भएकाे छ । उहाँलाई बैशाख २२ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

कास्की जिल्लाकाे पाेखरा महानगरपालिका–२१ का ८० वर्षीया पुरुषकाे हिजाे राति हाेमआइसोलेसनमा निधन भएकाे छ । उहाँलाई बैशाख १९ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

कास्की जिल्लाकाे पाेखरा महानगरपालिका–८ का ६५  वर्षीय पुरुषकाे हिजाे राति मणिपाल शिक्षण अस्पताल पाेखरामा निधन भएकाे छ । उहाँलाई बैशाख १८ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

थप ११ जनापछि गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण निधन हुनेको संख्या २८७ पुगेको निर्देशनालयका निर्देशक डा विनोद विन्दु शर्माले जानकारी दिनुभएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button