गण्डकीनवलपुरमुस्ताङ्शिक्षा/स्वास्थ्यसमाचारसमाज

गण्डकी प्रदेशमा थपिए ४६ संक्रमित

पाेखरा न्यूज । पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा थप ४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मुस्ताङ जिल्ला अस्पताल मुस्ताङमा र मध्यविन्दु अस्पताल नवलपुरमा गरिएको परिक्षणमा प्रदेशका दुई जिल्लामा गरि थप ४६ जनामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

नयाँ संक्रमितमा नवलपरासी पूर्वमा ४४ जना रहेकाछन् । त्यस्तै मुस्ताङ्का २ जना रहेकाछन् ।
योसँगै गण्डकी प्रदेशमा कुल कोरोना संक्रमितको संख्या १३ हजार ९२८ पुगेको छ ।

निर्देशनालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा गण्डकीमा थप १२ जनाको पोखराका विभिन्न अस्पतालमा उपचाररत संक्रमितको मृत्यु भएको छ । योसँगै प्रदेशभर कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय ८८ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

Back to top button