पीसीआर परीक्षण स्थगित भयाे शुक्रराज अस्पतालमा

पोखरा न्यूज । किटको अभाव भएपछि काठमाडौंको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले हाललाई पीसीआर परीक्षण सेवा स्थगित गरेको छ ।

अस्पतालका निर्देशक डा. सागरकुमार राजभण्डारीले पीसीआर स्थगित गरिएको बताउनुभयो ।

आज एक सूचना सार्वजनिक गरी सो कुराको जानकारी दिनुभएको हो ।

कोभिड १९ संक्रमितको मात्रै उपचार गर्दै आएको अस्पतालले किटको अभाव भएपछि अर्को व्यवस्था नहुँदासम्मका लागि परीक्षण स्थगित भएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button