
पोखरा न्यूज । मंगलबार बेलुका १ जना महिलाकाे शव खेतमा पानी जमेकाे खाल्डोमा डुबेको अवस्थामा फेला परेको माेरङ प्रहरीले जनाएकाे छ ।
माेरङकाे रंगेली ५ आँपगाछीका रमेश मण्डलको धान खेतमा बोरिङको पानी जमेको खाल्डोमा डुबेको अबस्थामा १ जना महिला मृत अवस्थामा फेला परेको छ ।
मंगलबार बेलुका साढे ४ बजे इलाका प्रहरी कार्यालय रंगेलीमा खबर प्राप्त भए पश्चात प्रहरी टोली खटिगइ बुझ्दा मृतक सोही स्थान बस्ने ५५ बर्षीय पारु देवी रिसिदेव रहेको खुलेको हो ।
घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।





