
पोखरा न्यूज । पानी खान जाने क्रममा लडेर एक वृद्धकाे इलाममा निधन भएकाे छ ।
इलाम जिल्लाकाे इलाम नगरपालिका ११ बस्ने ८० बर्षीय बृद्ध गन्जमान खातीको पानी खान जाने क्रममा लडेर मृत्यु भएको छ ।
प्रहरीका अनुसार मंगलबार दिनको २ बजे घर नजिकै रहेको पानीको मुहानमा पानी खान जाने क्रममा लडेर मृत्यु भएको थियाे ।
प्रहरी टोली घटनास्थलमा पुगेर यसबारे थप अनुसन्धान गरिरहेकाे जनाएकाे छ ।





