
पोखरा न्यूज । राष्ट्रिय जनमोर्चा पार्टीका गण्डकी प्रदेश सांसद खिमविक्रम शाहीले आफू नेपाली कांग्रेस नेतृत्वकाे गठवन्धनबाट बन्ने सरकारको पक्षमा नरहेका बताउनुभएको छ ।
उहाँले एक विज्ञप्ति जारी गर्दै आफू सरकारकाे पक्ष र विपक्षमा नभइ तटस्थ रहेको बताउनु भएको हो ।

कांग्रेस गठबन्धनलाई आफ्नो समर्थनसहित हस्ताक्षर समेत रहेको भनि विभिन्न संचार माध्यममा समाचार आएको प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउँदै उहाँले कुनै गठबन्धनप्रति आफ्नो कुनै सहभागिता नभएकाे र तटस्थ रहेकाे समेत स्पष्ट पार्नु भएको छ ।





