प्रधानमन्त्री ओली र नेता नेपालबीच बुढानिलकण्ठमा भेटवार्ता

पोखरा न्यूज । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच बुढानिलकण्ठमा भेटवार्ता शुरू भएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भेटवार्ता शुरू भएको  जानकारी दिनु भएकाे छ ।

नेपाल पक्षका सांसदले सांसद पदबाट राजीनामा दिने तयारी  गरिरहेको बताइरहेका बेला पार्टी अध्यक्ष  ओली र नेपालबीच भेटवार्ता  भएको हो ।

यस अघि प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको एमाले स्थायी कमिटी बैठकले नेता नेपाल, भीमबहादुर रावल, घनश्याम भुसाल र सुरेन्द्रप्रसाद पाण्डेलाई गरिएको निलम्बनको कारवाही फुकुवा गर्ने निर्णय गरेको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button