
पाेखरा न्यूज । नेपाल कम्युनिष्ट पार्टीकी नेतृ रामकुमारी झाँक्रीले संविधानकाे रक्षाकाे लागि पार्टीबाट विद्राेह गर्नु एकमात्र विकल्प भएकाे बताउनु भएकाे छ ।
पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधव नेपालका वीच भेटवार्ता चलिरहेकाे समयमा झाँक्रीकाे यस्ताे भनाइ बाहिरिएकाे हाे । नेतृ झाँक्री नेपालसमूह निकट मानिनु हुन्छ ।
पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओली र नेता नेपालका वीच विवाद बढ्दै जाँदा सहमतिका लागि विभिन्न वार्ताहरु भइरहेका छन् ।
झाँक्रीले पार्टीभित्र देखिएकाे पछिल्लाे विवाद र सहमतिका प्रयास बारे आज सामाजिक संजालमा यस्ताे धारणा राख्नुभएकाे छः
ठोस प्रस्ताव र लिखित सहमति बिना अलमलमा पर्नुहुन्न। आफूले संसद विघटन गरेको सहि थियो र छ भन्ने प्रमाणित गर्न प्रभुको ईशारमा यो सबै हुदैछ। ठोस प्रस्ताव बिनाको संवादको अर्थ छैन। जनता, लोकतन्त्र र संबिधानको रक्षाको लागि हाम्रो अगाडी एक मात्र बिकल्प हो बिद्रोह । हाम्रो आत्मसमर्पणले कम्युनिष्ट आन्दोलनको बिसर्जन गर्छ। सचेत बनौँ।
आजै ओली र नेता नेपालबीच बुढानिलकण्ठमा भेटवार्ता भएको छ । नेपाल पक्षका सांसदले सांसद पदबाट राजीनामा दिने तयारी गरिरहेको बताइरहेका बेला याे भेटवार्ता भएको हो ।
यस अघि प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको एमाले स्थायी कमिटी बैठकले नेता नेपाल, भीमबहादुर रावल, घनश्याम भुसाल र सुरेन्द्रप्रसाद पाण्डेलाई गरिएको निलम्बनको कारवाही फुकुवा गर्ने निर्णय गरेको थियो ।





