९० लाख स्नातक उत्तीर्ण भए चीनमा यस वर्ष

पाेखरा न्यूज । चीनका विश्वविद्यालय र कलेजबाट यस वर्ष ९० लाख ९ हजार विद्यार्थीले स्नातक उत्तीर्ण गर्न लागेको चिनियाँ शिक्षा मन्त्रालयले जनाएको छ ।
गत वर्षको भन्दा यस वर्ष तीन लाख ५० हजार बढी विद्यार्थीले स्नातक तह उत्तीर्ण गर्न लागेका हुन् ।

मन्त्रालयले स्नातक गरेका विद्यार्थीका लागि रोजगारी खोज्न वा नयाँ व्यवसाय थालनी गर्न विद्यार्थीसँग मिलेर कार्य गरिरहेको पनि जनाएको छ । हाल, चीनको रोजगार परिस्थितिमा क्रमिक सुधार आइरहेको मन्त्रालयको भनाई छ ।

नयाँ स्नातक उत्तीर्ण विद्यार्थीका लागि आगामी मे १७ देखि २३ सम्म देशव्यापी रुपमा रोजगार प्रबद्र्धन सप्ताह सञ्चालन गर्न मन्त्रालयले पहल गरेको छ । यस अवधिमा प्रत्येक प्रान्तले दुई वटा ठूला स्तरका रोजगार मेला आयोजना गर्नेछन् ।

विश्वविद्यालय र कलेजहरुले पनि क्याम्पस स्तरीय रोजगार कार्यक्रम सञ्चालन गर्ने र यी मेला अनलाइन एवं प्रत्यक्ष भेटघाटमा आधारित हुने मन्त्रालयले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button