
पोखरा न्यूज । नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार ९६० जनामा संक्रमण पुष्टि भएको छ । मुलुकभर २० हजार २ सय ४५ जनाको नमूना परिक्षण गर्दा सो संख्यामा कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ४ लाख ३१ हजार १ सय ९१ पुगेका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा देशैभरबाट ५ हजार ५५ जना संक्रमण मुक्त भएका छन् ।
योसँगै हालसम्म नेपालमा ३ लाख २१ हजार ५ सय १८ जना संक्रमण मुक्त भएको मन्त्रालयले जनाएको छ । कोरोना संक्रमणबाट निको हुनेको दर ७४ दशमलव ६ प्रतिशतमा हुन आउँछ ।
पछिल्लो २४ घण्टामा देशैभर २ सय १४ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट ४ हजार ४ सय ६६ जनाको मृत्यु भएको छ ।
१ लाख ५ हजार २०७ जना आइसोलेसनमा छन् । हाल क्वारेन्टीनमा ४ सय ९७ जना रहेको मन्त्रालयले जनाएको छ ।





