तनहुँमा अस्पतालले भर्ना नलिदा संक्रमितको मृत्यु भएको घटनाको छानबिन गर्न माग

बेड हुँदाहुँदै पनि उपचार नपाएर अस्पतालको गेटमा नै बिरामी मर्नु अपराध : विवेकशील साझा

पोखरा न्यूज  । विवेकशील साझा पार्टी तनहुँले भानु नगरपालिका १ का वृद्धले उपचार नपाएर मृत्युवरण गर्नपरेको घटनाको गम्भीरतापूर्वक छानबिन गर्न माग गरेको छ ।

पार्टीका जिल्ला संयोजक सागर घिमिरेले बुधबार प्रेस विज्ञप्ति सार्वजनिक गरेर घटनाको छानबिन गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै यसलाई चरम सरकारी लापरवाही र मेडिकल अपराध भएको ठोकुवा गरेको छ ।

विज्ञप्तिमा यो परिस्थितिसँग जुध्न विवेकशील साझा पार्टी सरकार वा सम्बन्धित पक्षलाई जस्तोसुकै सहयोग गर्न तयार रहेको उल्लेख गरिएको छ ।

कोरोना संक्रमित व्यक्ति श्वास फेर्न अफ्ठेरो भई अस्पताल जाँदा अस्पतालमा भेन्टिलेटरसहितको बेड हुँदा हुँदै दुई तीन घण्टासम्म उपचार नपाएर छटपटिएर मर्नु अस्पतालको लापरवाही भएको विज्ञप्तिमा जनाइएको छ ।

“बिरामीले खबर नगरी आएकोले भर्ना गर्न नसकिएको भन्नेजस्तो गैरजिम्मेवारीपूर्ण जवाफ अस्पतालबाट आएको छ। अब हाम्रो प्रश्न छ- यस्तो अवस्थामा अस्पताल आँफै तयार भएर बस्नुपर्ने हो कि बिरामीले अग्रिम खबर गर्नुपर्ने हो?” विज्ञप्तिमा भनिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button