तनहुँमा ११६ शय्या आइसोलेशन कक्ष, १७० सिलिण्डर अक्सिजन मौज्दात

पोखरा न्यूज । पछिल्लो केही दिनयता तनहुँमा दैनिकरूपमा कोरोना सङ्क्रमित बढ्न थालेपछि स्थानीय तह र अस्पतालले ११६ शय्याको आइसोलेशन तयार पारेका छन् । कोरोना सङ्क्रमित थपिएसँगै जिल्लास्थित स्थानीय तह र अस्पतालले आइसोलेशन शय्या तयार पारेका हुन् ।

जिल्ला स्वास्थ्य कार्यालय तनहुँका अनुसार जिल्लाभर ११६ आइसोलेशन कक्ष तयार गरिएको छ । प्रत्येक पालिकामा कम्तीमा पाँच शय्याको आइलोशनकक्ष तयार गरिएको जिल्ला स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिनुभयो । शुक्लागण्डकी नगरपालिका बेलचौतारास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा ३० शय्याको आइसोलेशनकक्ष तयार गरिएको छ । हरेक शय्यामा पाइपमार्फत अक्सिजन पु¥याइएको छ । आइसोलेशनमा ५५ थान अक्सिजन सिलिण्डर मौज्दात रहेको उपचार केन्द्रका कार्यकारी निर्देशक डा रामकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

सदरमुकामस्थित दमौली अस्पतालमा १६ शय्याको आइसोलेशनकक्ष तयार गरिएको छ । अस्पतालमा तीन आइसीयू र चार भेन्टिलेटरसमेत छ । अस्पतालमा ३० वटा अक्सिजन सिलिण्डर रहेको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा सुनिल पौडेलले जानकारी दिनुभयो । अस्पतालले पाँच कोरोना सङ्क्रमितको उपचार गरिरहेको छ ।

बन्दीपुर गाउँपालिकामा १५ शय्याको आइसोलेशन कक्ष तयार गरिएको छ । आँबुखैरेनीमा १२ शय्याको आइसोलेशन कक्ष तयारी गरिएको छ । भानुमा पाँच शय्याको आइसोलेशन तयार गरिएको छ भने नौ सिलिन्डर अक्सिजन र एउटा एम्बुलेन्स तयारी अवस्थामा राखिएको छ । त्यसैगरी भिमादमा आठ शय्याको आइसोलेशन कक्ष तयार गरिएको छ । म्याग्देमा पाँच शय्याको आइसोलेशन कक्ष तयार गरिएको छ । ऋषिङमा पाँच शय्याको आइसोलेशन तयार गरिएको छ ।

शुक्लागण्डकी नगरपालिकाले १० शय्याको आइसोलेशन तयार गरेको छ । त्यहाँ सात वटा सिलिण्डर मौज्दात छ भने चारवटा एम्बुलेन्स तयारीमा राखिएको छ । व्यास नगरपालिकाले कृषि विकास बैंकको भवनमा ५० जना क्षमताको सामूहिक आइसोलेशन बनाएको नगरप्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिनुभयो । घरमा बस्न नमिल्ने तथा विपन्न आर्थिक अवस्थाका सङ्क्रमितलाई राख्नका लागि नगरपालिकाले सामूहिक आइसोलेशन बनाएको हो ।

तनहुँ जिल्लामा १७० अक्सिजन सिलिण्डर मौज्दात रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । कोभिड सङ्क्रमित दिनदिनै बढेको र कुनै पनि बेला अक्सिजन चाहिन सक्ने भएकाले स्थानीय तहले अक्सिजनको व्यवस्थापन गरेका छन् । तर उक्त सङ्ख्या अझ पनि पर्याप्त रहेको छैन ।

भानु नगरपालिकामा तीन, दमौली अस्पतालमा ३०, शुक्लागण्डकी नगरपालिकामा सात, जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा ५५, भिमाद नगरपालिकामा १०, म्याग्दे गाउँपालिकामा १०, घिरिङ गाउँपालिकामा एक, ऋषिङ गाउँपालिकामा तीन, देवघाट गाउँपालिकामा नौ, बन्दीपुर गाउँपालिकामा २३ र आँबुखैरेनी गाउँपालिकामा १६ थान अक्सिजन सिलिण्डर व्यवस्थापन गरिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button