सांसदहरुलाई खोपको दोश्रो डोज लगाउन शुरु

पोखरा न्यूज सम्वाददाता । सांसदहरुलाई काेभिड भाइरसविरुद्धकाे खोपको दोश्रो डोज लगाउन शुक्रबार शुरु गरिएकाे छ । प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपाध्यक्ष लगायत दुवै सदनका सांसदहरु, पदाधिकारीहरुका निजी सजिवालयका सबै कर्मचारीका लागि खोप लगाउने व्यवस्था मिलाइएको छ ।

सभामुख अग्निप्रसाद सापकोटाले कोभिडसिल्ड खोपको दोश्रो मात्रा लगाउनुभएको छ । संघीय संसद भवन नयाँ वानेश्वरमा पुगी सभामुख सापकोटाले कोभिडसिल्डको दोश्रो डोज लगाउनुभएको हो । संसद सचिवालयले नयाँवानेश्वर स्थिति संघीय संसद भवनको लोत्से हलमा आज शुक्रबार, शनिबार र आइतबारका लागि खोपको दोश्रो डोज लगाउने व्यवस्था मिलाएको हो ।

लोत्सेहलमा भएको खोप कार्यक्रममा सांसदहरु, पदाधिकारीहरुका निजी सचिवालयका कर्मचारी, सुरक्षाकर्मी लगायतले कोभिडसिल्डको दोश्रो खोप लगाएका छन् । बिहान १० बजे देखि ४ बजेसम्म खोप लगाइने सचिवालयले जनाएको छ । त्यसैगरी भोलि शनिबार संघीय संसद सचिवालयका सम्पुर्ण कर्मचारीहरु, अन्तराष्ट्रिय सम्मेलन केन्द्र र नयाँवानेश्वरमा कार्यरत सम्पुर्ण कर्मचारीहरुलाई र आइतबार स्वकीय सचिव लगायतका सबै कर्मचारीहरु, मर्यादापालक, सुरक्षासंग सम्बन्धीत सबै कर्मचारी, संसदीय मामिलाका सबै पत्रकारहरुलाई खोपको दोश्रो डोज लगाइने जनाइएकाे छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button