
पाेखरा न्यूज । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका नेता जनार्दन शर्मा प्रभाकरले पछिल्लाे राजनीतिक परिस्थितिले हतास हुनेहरु समाप्त हुँदै जाने भन्दै यसकाे सामना गरेर सुदृढ बन्न सकिने बताउनुभएकाे छ ।
नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली हिजाे पुनः प्रधानमन्त्रीमा नियुक्त हुनुभए पछिकाे नयाँ परिस्थितिका बारेमा नेता प्रभाकरले यस्ताे टिप्पणी गर्नुभएकाे हाे ।
माओवादी केन्द्रका नेता प्रभाकरकाे भनाइ यस्ताे छः
नयाँ परिस्थिति र घटनाहरूले नयाँ चुनौती र संभावनाहरु एकसाथ लिएर आएको हुन्छ । यसबाट हतास हुनेहरू समाप्त हुँदै जाने र सामना गर्न तयार हुनेहरू सुदृढ हुँदै जाने तथ्यलाई स्वीकार गरी विगतका उपलब्धि र कमीहरु समेतको गम्भीर समीक्षा गरेर विचार, विधि र इमानका दृष्टिले माथि उठाैं र उठाऔं । जनतामाथि आइपरेका संकटहरुको सामना गर्न जनताप्रतिको उत्तरदायित्वमा इमान्दार बनौं । हामी सबैको भबिस्य उज्ज्वल हुनेछ ।।
प्रतिनिधिसभामा रहेका दुई वा दुईभन्दा बढी दलले बहुमत जुटाउन नसकेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले ठूलो दलको नेताका हैसियतमा एमाले अध्यक्ष ओलीलाइ पुनः प्रधानमन्त्रीमा नियुक्त गर्नुभएकाे हाे ।





