मेयरले चढ्ने गाडी एम्बुलेन्स

पोखरा न्यूज । आफू चढ्दै आएको सवारी एम्बुलेन्सका रुपमा प्रयोग गर्न दिने नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को एक स्थानीय तहका प्रमुखले घोषणा  गर्नुभएको छ ।

कोभिड–१९ सङ्क्रमणको दोस्रो लहर तीव्र रूपमा फैलिँदा सङ्क्रमितले एम्बुलेन्स नपाएर उपचारमा समस्या भोग्न नपरोस् भन्ने उद्देश्यले रामग्राम नगरपालिकाका नगरप्रमुख नरेन्द्र गुप्ताले आफूले चढ्दै आएको गाडी एम्बुलेन्सका रुपमा प्रयोग गर्न दिनुभएको हो ।

एम्बुलेन्सको अभावमा समयमै अस्पताल पुग्न नसकेर कुनै पनि नगरवासीले अकालमा ज्यान गुमाउन नपरोस् भनेर आफूले चढ्दै आएको लु१झ ४७३ नंको सरकारी गाडी एम्बुलेन्स बनाएको उहाँले बताउनुभयो । नगरप्रमुख चढ्दै आएको उक्त गाडी अब नगरभित्रका सङ्क्रमितलाई आइसोलेशन र अस्पतालसम्म तथा अस्पतालबाट घरसम्म पु¥याउने कार्यमा प्रयोग गरिने नगरपालिकाले जनाएको छ ।

स्वास्थ्य कार्यालयका अनुसार रामग्राममा हाल ३०१ जना सक्रिय सङ्क्रमित रहेका छन् भने कोरोना सङ्क्रमणकै कारण नगरपालिकाभित्रका २२ जनाले ज्यान गुमाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button