कतारमा वाचन डबली सम्पन्न

तिलु शर्मा पौडेल, दोहा कतार  l  कतारमा रहेर नेपाली कला संस्कार साहित्यको संरक्षण तथा प्रवर्द्धनमा अनवरत रूपमा लागेका अनेसास कतार च्याप्टर र नवोदित साहित्यिक वाचनालय कतारले आफ्नो रचना वाचन कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ l कोरोनाको महामारीमा पनि भर्चुअल माध्यमबाट निरन्तरता दिँदै ११२औँ डबली सम्पन्न गरेको छ l
हरेक महिनाको दोस्रो सुक्रबार आयोजना गरिने डबलीमा साहित्यकार तथा सर्जक सानु थपलिया, दिलीप पराजुली, निरन नेपाल, तिलु शर्मा पौडेल, लेख कार्की. सिताराम थापा, बिन्देश्वर ठाकुर,  तीर्थ सङ्गम राई, देवेन्द्र राई, मणि पौडेल, माया केसी, टिका  खड्का राष्ट्रप्रेमी, दिप जंग शाह र चक्र कार्कीले आ-आफ्नो रचना वाचन गर्नुभएको थियो l
कार्यक्रममा स्लाम धर्मावलम्बीहरूको महान् पर्व इद अल फितर तथा नेपालीहरुको नयाँ बर्षको अवसरमा शुभकामना आदानप्रदान गरिएको थियो l कार्यक्रमलाई चक्र कार्कीले सहजिकरण गर्नु भएको थियो l

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button