
पाेखरा न्यूज । नेपाल कम्युनिष्ट पार्टी एमालेका युवा नेता महेश बस्नेतले के पी ओलीको बहिर्गमनमा आफ्नो भबिष्य देखेकाहरुको सपना तुहिएको कारण र सत्ता आफ्नो पक्षमा पार्न नसकेका सत्ता पिपासुको छटपटाहट स्पष्ट देखिन थालेकाे बताउनु भएकाे छ ।
जनता समाजबादी पार्टीका नेताहरु भक्तपुरकाे एउटा रिसाेर्टमा जम्मा भएकाे विषयलाई अनावश्यक उचाल्न खोजेकाे भन्दै काेही भ्रममा नपर्न आग्रह समेत गर्नुभएकाे छ । उहाँले जसपाकाे संसदीय दलकाे नेतामा राजेन्द्र महताे चयन हुनुभएकाेमा बधाई समेत दिनुभएकाे छ ।
प्रधानमन्त्री ओली निकट मानिनुहुने नेता बस्नेत भक्तपुरबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्नुहुन्छ ।
जसपाकाे महताे समूहका सांसदहरुकाे भक्तपुर बसाइ र नेता बस्नेतका बारेमा गरिएका टिप्पणी बारे आज उहाँले यस्ताे भन्नुभएकाे छः
आदरणीय नेता राजेन्द्र महतो जनता समाजबादी पार्टीको संसदीय दलको नेता हुनु भएकोमा हार्दिक बधाई ब्यक्त गर्दछु। उहाँहरुको पार्टीको बैठक भक्तपुरमा बसेर यो ऐतिहासीक निर्णय गर्नु भएकोमा भक्तपुर बासीको निमित्त खुसिको कुरा हो। बिगतमा एमाले, माओबादी, कांग्रेस लगाएतका दलहरुले पनि कतिपय महत्त्वपूर्ण बैठकहरु विभिन्न होटल, रिसोर्टहरुमा गर्दै आएको प्रचलन नेपालको राजनीतिमा सामान्य नै हो। कतिपय पालित पोषित मिडिया र परिचालीत सोसल मिडियाका लाउकेहरुले यो विषयलाइ अनावश्यक उचाल्न खोजेका छन । हामी स्पष्ट छौ । के पी ओलीको बहिर्गमनमा आफ्नो भबिष्य देखेका प्रचण्ड, देउबा, बाबुराम, रामचन्द्र, उपेन्द्र, नारायणकाजीहरुको सपना तुहिएको कारण र सत्ता आफ्नो पक्षमा पार्न नसकेका सत्ता पिपासुको छटपटाहट हो भन्ने स्पष्ट छ। तसर्थ कोही भ्रममा नपरौं। अतिथि देबोभब भन्ने हाम्रो मान्यताका आधारमा भक्तपुरमा उहाहरुलाइ स्वागत गरिएको हो। कसैको श्याल हुइयाले दाल गल्नेवाला छैन।





