मुख्यमन्त्री ममता बनर्जीकाे भाइकाे संक्रमणका कारण निधन

पोखरा न्यूज । भारतको पश्चिम बंगाल राज्यकी मुख्यमन्त्री ममता बनर्जीका भाइ असिम बंदोपाध्यायकाे काेराेना संक्रमणका कारण निधन भएकाे छ ।

असिम गत एक महिनादेखि संक्रमणबाट बिरामी हुनुहुन्थ्याे । उहाँकाे निजी अस्पतालमा उपचारकाे क्रममा आज बिहान निधन भएकाे हाे ।

कोरोनाभाइरस महामारीको दोस्रो लहरबाट सङ्कटमा परेको भारतमा हालसम्म मृतककाे संख्या दुई लाख ६६ हजार २०७ पुगेको छ ।

त्रिणमुल कङ्ग्रेस पार्टीकी अध्यक्ष बनर्जीले हालैमात्र मुख्यमन्त्री पदको शपथ लिनु भएको हाे । उहाँ लगातार तेस्रो कार्यकालका लागि मुख्यमन्त्री हुनु भएको हो । बनर्जी पश्चिम बंगालको एक्काइसौं मुख्यमन्त्री हुनुहुन्छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button