गण्डकी प्रदेशमा थप ३०० जना संक्रमण मुक्त

पाेखरा न्यूज । पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा थप ३०० जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन् । प्रदेशका विभिन्न अस्पतालका उपचाररत र होम आइसोलेसनमा रहेका कोरोना संक्रमित निको भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

योसँगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमण हुनेको संख्या १९ हजार ३ सय ३५ रहेको छ ।
त्यस्तै गएको २४ घण्टामा प्रदेशका विभिन्न ८ जिल्लामा थप ७ सय ७० जनामा संक्रमण पुष्टि भएको छ । प्रदेशबाट १ हजार ३ सय ४३ जनाको नमूना परिक्षण गर्दा महिला ३ सय ३० र पुरुष ४ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ । नयाँ संक्रमितमा सबैभन्दा बढी म्याग्दीमा २ सय ३० जना रहेका छन् । योसँगै प्रदेशमा कुल कोरोना संक्रमितको संख्या २७ हजार ४ सय ५ जना रहेको छ । हाल प्रदेशभर ७ हजार ७ सय १५ जना कोरोनाका सक्रिय केस छन् ।

त्यस्तै गएको २४ घण्टामा प्रदेशमा थप १४ जनाको कोरोनबाट मृत्यु भएको छ । मृत्यु हुनेमा कास्कीका ६ जना, पर्वतका ३ जना, स्याङजाका २ जना, म्याग्दी, तनहुँ र गोरखाका एक, एक जना रहेका छन् । योसँगै प्रदेशभर कोरोनबाट मृत्यु हुनेको संख्या ३ सय ५५ पुगेको छ
हाल प्रदेशभर ७ हजार ६ सय २ जना होम आइसोलेसनमा बसेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button