आफ्नै घरको भर्‍याङबाट चिप्लेर ३५ वर्षीय राजुकाे मृत्यु

पाेखरा न्यूज । आफ्नै घरको भर्‍याङबाट लडेर ३५ वर्षीय एक युवककाे  शुक्रबार राती पाँचथरमा मृत्यु भएकाे प्रहरीले जनाएकाे छ ।

पाँचथर जिल्लाकाे फिदिम नगरपालिका ५ चोकमाबु सरसेउला का ३५ वर्षीय राजु राईको भर्‍याङबाट लडेर मृत्यु भएको छ ।

शुक्रबार राती १ बजे आफ्नै घरको भर्‍याङबाट अचानक चिप्लेर लडेपछि घाइते भएका उनको जिल्ला अस्पताल पाँचथरमा उपचारको क्रममा शुक्रबार दिउसो साढे १२ बजे मृत्यु भएको छ ।

घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएकाे प्रहरी टोलीले थप अनुसन्धान गरिरहेको जनाइएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button