पाेखरामा १८ सहित गण्डकी प्रदेशमा संक्रमणबाट २८ काे निधन

पाेखरा न्यूज । विभिन्न अस्पतालमा उपचाररत कास्कीका ९ जना र स्याङ्जाका ७ जनासहित  गण्डकी प्रदेशमा थप २८ जना काेराेना संक्रमितहरुकाे मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा पाेखराका अस्पतालहरुमा १८ जना र अन्य ठाँउका अस्पतालहरु तथा हाेमआइसाेलेसनमा रहनु भएका १० जना  गरी २८ जना संक्रमितहरुकाे निधन भएको प्रदेश स्वास्थ्य निर्देशनालय पाेखराले जनाएको छ ।

निर्देशनालयका अनुसार कोरोनाबाट मृत्यु हुनेहरु कास्कीका ९ जना, स्याङजाका ७ जना, बाग्लुङका २ जना  तनहुँका ३ जना, म्याग्दी १ जना नवलपुर पूर्वका २ जना मुस्ताङका १ जना लमजुङका २ जना र गोरखा जिल्लाका १ जना रहेका छन् । योसँगै प्रदेशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ३ सय ८३ पुगेको छ ।

मृतकको विवरण यस प्रकार रहेको छ :

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button