प्रवासी म्याग्देलीले १२ वटा अक्सिजन कन्सन्ट्रेटर जिल्लामा पठाउने

तिलु शर्मा पौडेल, दोहा कतार । म्याग्दी प्रवासी नेपाली संघ(मोना) अन्तराष्ट्रियले श्वास प्रश्वासमा समस्या भएका कोरोना संक्रमतिको उपचारका लागि म्याग्दीमा १२ वटा अक्सिजन कन्सन्ट्रेटर पठाउने तयारी थालेको छ।

अक्सिजन कन्सन्ट्रेटर सामान्य सास फेर्न गाह्रो भएकालाई दिने मेसिन हो । यो तत्काल आवश्यकता परेकाले धेरै लामो समय होल्ड नगरी प्रदान गर्न लागिएको संस्थाका अध्यक्ष ओम जुग्जालीले बताउनु भएकाे छ ।

अक्सिजन कन्सन्ट्रेटरलाई ७५ हजारदेखि १ लाख ५० हजारसम्म पर्दछ । कन्सन्ट्रेटरका बारेमा बेनी अस्पतालका चिकित्सकसँग समेत परामर्श लिइने आज सम्पन्न मोनाको भर्चुअल बैठकमा जानकारी गराइएको थियो । मोनाले गर्ने सहयोगलाई जिल्लामा आवश्यकता परेको ठाउँमा प्रयोग गर्ने गरी पठाउने भएको हो ।

अक्सिजन कन्सन्ट्रेटरले बाहिरको हावालाई फिल्टर गर्छ । एकातिरबाट अक्सिजन र अर्कोतिरबाट नाइट्रोजन फाल्छ । मेसिनको अर्को लिक्विड प्लान्टबाट अक्सिजन बनाइन्छ र बिरामीले अक्सिजन प्रयोग गर्छन् । जिल्लामा सकेसम्म हाइ फ्लो अक्सिजन फाल्ने मेसिन समेत आवश्यकता देखिएको छ ।

प्रवासमा रहेका सबै म्याग्देली लगायत सबै नेपालीलाई यस मानवीय कार्यमा जोडिन संघका महासचिव बिक्रम कार्कीले अनुरोध गर्नु भएको छ । मोना विश्वमा २८ भन्दा बढी राष्ट्रमा सञ्जाल बिस्तार गरेको सामाजिक संस्था हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button