हात्तीको आक्रमणबाट ४५ बर्षीय श्यामको मृत्यु

पाेखरा न्यूज । जंगली हात्तीको आक्रमणमा परी झापाको मेचीनगर नगरपालिका ९ का ४५ बर्षीय श्याम राईको मृत्यु भएको छ ।

गत राती साढे १२ बजे मागुरमाणी सामुदायिक वनबाट १ वटा जंगली हात्ती आई गाँउ पसेकोले खेदाउने क्रममा राईलाई हात्तीले आक्रमण गरी घाइते बनाएको थियो ।

घाइतेको मेची अस्पताल भद्रपुरमा उपचारको क्रममा सोही राती सँवा २ बजे मृत्यु भएको हो ।

हात्तीलाई प्रहरी र स्थानियबासीको सहयोगमा जंगलतर्फ लखेटिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button