मोटरसाइकलको ठक्करबाट ५० बर्षीय बस्नेतकाे मृत्यु

पाेखरा न्यूज ।  मोटरसाइकलको ठक्करबाट सोमबार बेलुका माेरङमा १ जना पैदल यात्रीको  मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङको बुढीगंगा गाऊपालिका ३ का ५० बर्षीय बाल कुमार बस्नेत रहेका छन् ।

मोरङको बुढीगंगा गाऊपालिका ३ गोकुवा चोक स्थित कोशी लोकमार्गमा  उत्तरबाट दक्षीणतर्फ जादै गरेको प्र १-०२-०४५ प ६०८७ नम्बरको मोटरसाइकलले पौने ८ बजे ठक्कर दिएकाे थिया‍े ।

घाइते भएका बस्नेतको बिराट मेडिकल कलेज गंगा चौकमा उपचारको क्रममा सोही दिन राती ९ बजे मृत्यु भएको हो ।

सो दुर्घटनामा मोटरसाइकल चालक सुनसरी इटहरी ७ का २५ बर्षीय समराज्य चौधरी समेत घाइते भइ सोही अस्पतालमा उपचार भइरहेको छ भने मोटरसाइकल इलाका प्रहरी कार्यालय नेमुवाको नियन्त्रणमा रहेको जनाइएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button