५२१ जनालाई स्वास्थ्य मापदण्ड उल्लङ्घनमा प्रहरीद्वारा जरिवाना

पाेखरा न्यूज । नयाँ भेरियन्ट सहितको कोभिड–१९ सङ्क्रमणको रोकथाम तथा जोखिम न्यूनिकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोई ?’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा दुई हजार ९०८ जनालाई निःशुल्क मास्क वितरण गरिएको छ । प्रहरीका अनुसार कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकार स्वास्थ्य मन्त्रालयद्वारा तोकिएको मापदण्ड उल्लङ्घन गर्ने ५२१ जनालाई सङ्क्रामक रोग ऐन, २०२० बमोजिम जरिवाना गरिएको छ ।

यसैबीच विभिन्न जिल्लामा निषेधाज्ञा उल्लङ्घन गरी हिँड्ने छ हजार ७४४ जनालाई ‘होल्ड’ गरी फर्काइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । सो क्रममा एक हजार ७६० गाडी र तीन हजार ८७० मोटरसाइकल गरी पाँच हजार ६३० सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button