भूकम्पका कारण तनहुँमा घर भत्कियो

पोखरा न्यूज । लमजुङको भुलभुले केन्द्रविन्दु भएर आज बिहान गएको भूकम्पका कारण तनहुँको व्यास नगरपालिका–१४ मा एक घर भत्किएको छ । ५.८ रिक्टर भूकम्पका कारण व्यास–१४ कुलुङमा कृष्णबहादुर कामीको घरमा क्षति पुगेको हो ।

विसं २०७२ को भूकम्पले चर्किएको घर आजको भूकम्पले भत्किएको वडाध्यक्ष काजीमान श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार घरको माथिल्लो तल्लाको भागमा क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँले भूकम्पको क्षतिको विवरण आइनसकेको बताएको छ । भूकम्प गएपछि दमौलीमा सर्वसाधारण बिहान घरबाट बाहिर निस्किएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button