पोखराका अस्पतालमा ११ जनासहित थप ३० जनाकाे निधन

पोखरा न्यूज । पोखराका विभिन्न अस्पतालहरुमा उपचारको क्रममा ११ जनासहित गण्डकी प्रदेशका ३० जना कोरोना संक्रमितहरुको निधन भएको छ ।

कास्कीको पोखरा महानगरपालिका- ९ का ४२ वर्षीय पुरुषको आज मणिपाल शिक्षण अस्पताल पोखरामा निधन भएको छ ।

कास्कीको पोखरा महानगरपालिका- १० का ४८ वर्षीया महिलाको आज गण्डकी मेडिकल कलेज पोखरामा निधन भएको छ ।

पोखरा महानगरपालिका- १५ का ७५ वर्षीय पुरुषको आज ग्यालेक्सी अस्पताल पोखरामा निधन भएको छ ।

पाल्पाको तानसेन-२ की ४४ वर्षीय महिलाको आज चरक मेमोरियल अस्पताल पोखरामा निधन भएको छ ।

पर्वत बिहादी -३ का ५७ वर्षीय कोरोना संक्रमित पुरुषको आज गण्डकी मेडिकल कलेज पोखरामा निधन भएको छ ।

पोखरा महानगरपालिका- ८ का ५९ वर्षीय पुरुषको हिजो गण्डकी मेडिकल कलेज पोखरामा निधन भएको छ ।

पोखरा महानगरपालिका -१४ का ५६ वर्षीय पुरुषको हिजो गण्डकी मेडिकल कलेज पोखरामा निधन भएको छ ।

पर्वतकाे कुश्मा- ९ का ५७ वर्षीय पुरुषको मणिपाल शिक्षण अस्पताल पोखरामा हिजो निधन भएको छ ।

स्याङ्जाको चापाकोट- ५ का ७२ वर्षीय पुरुषको हिजो गण्डकी मेडिकल कलेज पोखरामा निधन भएको छ ।

स्याङ्जाको वालिङ- १ का ७६ वर्षीय पुरुषको अस्ति पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा निधन भएको छ ।

रुपन्देहीकाे सैनामैना- ३ का ४९ वर्षीय पुरुषको मणिपाल शिक्षण अस्पताल पोखरामा निधन भएको छ ।

पर्वत जिल्लाको कुश्मा–६ का ६० वर्षीय कोरोना संक्रमित पुरुषको अस्ति पर्वत जिल्ला अस्पताल पर्वतमा निधन भएको हो ।

पर्वतको मोदी– २ की ७८ वर्षीय कोरोना संक्रमित महिलाको हिजो होम आइसोलेसनमा निधन भएको हो ।

पर्वतको जलजला– ३ की ६० वर्षीय महिलाको हिजो जिल्ला अस्पताल पर्वतमा निधन भएको छ ।

नवलपरासी पूर्वको कावासोती ४ का ६८ वर्षीय पुरुषको अस्ति मध्यविन्द अस्पतालमा निधन भएको छ ।

स्याङ्जाको वालिङ– १३ की ५५ वर्षीय महिलाको हिजो चरक मेमोरियल अस्पतालमा निधन भएको छ ।

स्याङ्जाको पुतली बजार– १ का ९२ वर्षीय पुरुषको हिजो जिल्ला अस्पताल स्याङ्जनामा निधन भएको छ ।

स्याङ्जाको वालिङ– २ की ७७ वर्षीया महिलाको हिजो होम आइसोलेसनमा निधन भएको छ ।

स्याङ्जाको गल्याङ –११ का २७ वर्षीय पुरुषको अस्ति गौतम बद्ध अस्पताल बटवलमा निधन भएको छ ।

स्याङ्जाको भिरकोट– ३ की ७० वर्षीया महिलाको होम आइसोलेसनमा निधन भएको छ ।

पोखरा महानगरपालिका –१४ का ५४ वर्षीय पुरुषको हिजो उपचारका लागि अस्पताल ल्याउने क्रममा निधन भएको छ ।

गोरखा जिल्लाको बकराङ– १ की ४८ वर्षीया महिलाको अस्ति भरतपुर अस्पताल चितवनमा निधन भएको छ ।

गोरखा जिल्लाको गोरखा नगरपालिका– ७ का पुरुषको हिजो भरतपुर अस्पताल चितवनमा निधन भएको छ ।

गोरखा जिल्लाको अजिरकोट– ७ का ३० वर्षीय पुरुषको होम आइसोलेसनमा निधन भएको छ ।

तनहुँ जिल्लाको भानु –१२ की ६५ वर्षीय महिलाको बैशाख २३ गते चितवन मेडिकल कलेज चितवनमा निधन भएको छ ।

तनहुँ बन्दीपुर –२ का पुरुषको बैशाख ११ गते भरतपुर अस्पताल चितवनमा निधन भएको छ ।

तनहुँ जिल्लाको व्यास –१ का ४१ वर्षीय पुरुषको बैशाख ३० गते चितवन मेडिकल कलेज चितवनमा निधन भएको छ ।

तनहुँ जिल्लाको शक्लागण्डकी –५ का ८१ वर्षीय पुरुषको अस्ति जीपी कोइराला राष्टिय श्वास प्रश्वास उपचार केन्द्र तनहुँमा निधन भएको छ ।

याेसँगै प्रदेशमा मृतककाे संख्या ४५२ पुगेकाे छ ।

हेर्नुस विवरणः

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button