१९ वर्षीय देवरले धारिलो हतियार प्रहार गरी भाउजूकाे हत्या

पाेखरा न्यूज ।  १९ वर्षीय बिनोद यादव भाउजुको हत्या गरेको आरोपमा मोरङमा पक्राउ परेका छन् । आज बिहान साँढे ७ बजेको समयमा रङगेली नगरपालिका-३ तिलुवा चौकको नहरमा मृत फेला परेकी २४ बर्षीया अनिता यादवको घाँटीमा काटिएको पाएसंगै अनुसन्धान थालेको प्रहरी टोलीले मृतक कै देवर बिनोदको संग्लग्नता रहेको पाएपछि निजलाई पक्राउ गरेको  जनाएकाे छ।

मोरङको रङगेली नगरपालिका-३ का मृतक अनिता र देवर बिनोद बीच मंगलवार साँझ झै-झगडा भएको र सोही रिसिबीका कारण बिनोद यादवले राती ८ बजे धारिलो हतियार दाउले घाँटीमा प्रहार गरी भाउजुको हत्या गरेका थिए ।

पक्राउ परेका यादवको सम्बन्धमा इलाका प्रहरी कार्यालय रङगेलीले थप अनुसन्धान गरिरहेको जानकारी दिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button