पोखरीमा डुबेर एक पुरुषकाे मृत्यु

पाेखरा न्यूज । एक वृद्ध पुरुषको पोखरीमा डुबेर ज्यान गएको छ । इलाका प्रहरी कार्यालय माडी चितवनका अनुसार माडी नगरपालिका–२ शीतलपुर निवासी ६७ वर्षीय देवीप्रसाद पाण्डेको पोखरीमा डुबेर मृत्यु भएको हो ।

पाण्डे गए रातिसम्म परिवारकै सम्पर्कमा रहेको र एक्कासी आज बिहान ४ः०० बजेदेखि सम्पर्कमा नरहेको परिवारले जनाएको छ ।

उनको शव पानीभित्र डुबेको अवस्थामा भेटिएको हो । पाण्डेको मृत्यु के कारणबाट भएको हो भन्ने स्पष्ट हुन नसकेको प्रहरीले जनाएको छ । शव परीक्षणका लागि भरतपुर ल्याइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button