पोखराको बेगनास तालमा ४२ वर्षीय पुरुष मृत फेला

पोखरा न्यूज । पोखरा महानगरपालिका ३१ स्थित  बेगनास तालमा  एक पुरुष मृत फेला परेका छन् ।

शुक्रबार  ताल किनारमा  पोखरा २७ पण्डितथरका  ४२ वर्षीय राजु प्रसाद भुर्तेल मृत अवस्थामा फेला परेको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

बिहान करिव ८ :४५ बजे भुर्तेलको शव पानीमा तैरिरहेको अवस्थामा  फेला परेको प्रहरी उपरीक्षक विनोद शिलवालले जानकारी दिनुभयो ।

घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ  ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button