बहुमतको हस्ताक्षर बोकेर देउवासहित प्रतिपक्षी दलका नेताहरु शीतलनिवासमा

काठमाण्डौ । प्रतिपक्षी दलका नेताहरु नयाँ सरकार गठनको दाबीका लागि १४९ सांसदहरुको हस्ताक्षरसहित शीतलनिवास पुगेका छन् ।

कांग्रेस, माओवादी केन्द्र, जसपा र माधवकुमार नेपाल समूहका २७ सांसदको हस्ताक्षर लिएर सरकारको दाबी गर्न कांग्रेस सभापति शेरबहादुर देउवासहितका नेता शीतलनिवास पुगेको कांग्रेस नेता गगन थापाले जानकारी दिनुभयो।

नेपाली कांग्रेसको संसदीय दलको कार्यालय सिंहदरबारमा विपक्षी गठबन्धनको बैठक सकिए लगतै राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समयसीमाभित्रै कांग्रेस सभापति देउवाको नेतृत्वमा सरकार बनाउन भन्दै नेताहरु राष्ट्रपति निवास गएका हुन्।

बैठकमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड,  एमाले नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायतका नेताहरु थिए ।

राष्ट्रपति भण्डारीले संविधानको ७६(५) अनुसार प्रधानमन्त्रीमा नियुक्त गर्न संसदको बहुमत प्राप्त गर्ने आधार प्रस्तुत गर्न आझ  साँझ ५ बजेसम्मको समय दिनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button