कास्कीमा थप ३८३ जनामा कोरोना संक्रमण पुष्टि

गण्डकीमा १०५३ संक्रमित थपिए

पोखरा न्यूज । पछिल्लो २४ घण्टामा कास्की जिल्लामा थप ३८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बिहीबार कास्कीमा १९५ जना पुरुष तथा १८८ जना महिला गरी ३८३ जनामा कोरोना भाइरस देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा प्रदेशमा दुई हजार ६७ जनाको नमुना परीक्षण गरिएकोमा थप एक हजार ५३ जनामा कोरोना पोजेटिभ देखिएको विज्ञप्ति मार्फत निर्देशनालयले उल्लेख गरेको छ ।

कास्कीका ३८३ सहित स्याङ्जाका ३२ जना, बाग्लुङका २०४ जना,पर्वतका ६२ जना, म्याग्दीका १०७ जना, तनहुँका ५४ जना, गोरखाका ९८ जना, लमजुङका ३६ जना र नवलपुरका ७४ जना गरी प्रदेशका नौ जिल्लामा ५५४ पुरुष तथा ४९९ जना महिलामा कोरोना पुष्टि भएको हो ।

यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ३३ हजार ११३ पुगेको छ। पछिल्लो २४ घण्टामा १३९६ जना निको भएसँगै प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या २२ हजार ७९४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा गण्डकीमा थप १९ जनाको कोरोना संक्रमणका कारण मृत्यु पुष्टि भएको छ । हालसम्म कोरोना संक्रमणका कारण प्रदेशभर ज्यान गुमाउनेको संख्या ४९३ पुगेको छ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button