पङ्खा चलाउने क्रममा करेन्ट लागेर युवककाे मृत्यु

पाेखरा न्यूज । आफ्नै कोठामा पङ्खा चलाउने क्रममा करेन्ट लागेर एक युवककाे महाेत्तरीमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

गएराति बर्दिबास नगरपालिका–१ स्थित अटो ग्यारेजमा काम गर्ने सिरहा मिर्चैयाका २३ वर्षीय मुकिम अन्सारी मृत्यु भएकोे  जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश बिष्टले जानकारी दिनुभएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button