
पाेखरा न्यूज । कोभिड–१९ सङ्क्रमणबाट गएराति एक महिलासहित पाँचजनाको महोत्तरीमा मृत्यु भएको छ । मृत्यु हुनेमा गौशाला नगरपालिका–५ का ६० वर्षीय पुरुष, ४ का ६८ वर्षीय पुरुष, बर्दिबास–१ का ५१ वर्षीय पुरुष, औरही नगरपालिका–४ का ६८ वर्षीय पुरुष र जलेश्वर नगरपालिका–१ का ५० वर्षीया महिला रहेको जनाइएको छ ।
महोत्तरीमा गएराति दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश बिष्टका अनुसार गौशाला नगरपालिका–९ स्थित सडकमा मोटरसाइकल दुर्घटनामा परी सोनमा गाउँपालिका–४ बस्ने ४० वर्षीय कपुरी ठाकुरको मृत्यु भएको हो । गौशालाबाट बा.३६प. ४१४५ नंको मोटरसाइकलमा सोनमा जाँदै गर्दा उहाँको मृत्यु भएको हो ।





