कोरोना सङ्क्रमणबाट नेपाली कांग्रेसका नेता सुदर्शनको निधन

पोखरा न्यूज । कोरोना सङ्क्रमणका कारण गए राति नेपाली कांग्रेस क्षेत्र नं २ कञ्चनपुरका क्षेत्रीय सचिव सुदर्शन ऐरको ५२ वर्षको उमेरमा निधन भएको छ । सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारका क्रममा उहाँको निधन भएको हो ।

गत वैशाख २८ गते पिसिआरको नतिजा पोजेटिभ आएपछि घरमै आइसोलेशनमा बस्दै आएका ऐरलाई तीन दिनअघि मात्रै स्वास्थ्यमा समस्या बढ्दै गएपछि अस्पताल भर्ना गरिएको थियो । शुक्लाफाँटा नगरपालिका–९ सिसैया स्थायी घर भएका ऐर परिवारसहित कैलालीको गोदावरी नगरपालिका–१ अत्तरियामा बसोबास गर्दै आउनुभएको थियो ।

युवाबीच ऐर लोकप्रिय नेताका रुपमा स्थापित हुनुहुन्थ्यो । ऐरका श्रीमतीसहित एक छोरा र एक छोरी छन् । ऐरको निधन भएपछि सिङ्गो पार्टी जिल्ला समिति शोकमग्न भएको छ । नेपाली कांग्रेस शुक्लाफाँटाका नेता तेज शाहले उहाँको निधनले पूरै पार्टी स्तब्ध भएको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button