कास्कीमा थप २९५ जनामा कोरोना संक्रमण पुष्टि

गण्डकीमा ९४६ संक्रमित थपिए

पोखरा न्यूज । पछिल्लो २४ घण्टामा कास्की जिल्लामा थप २९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आइतबार कास्कीमा १६२ जना पुरुष तथा १३३ जना महिला गरी २९५ जनामा कोरोना भाइरस देखिएको प्रदेश स्वास्थ्य निर्देशनालय पाेखराले जनाएको छ ।

पछिल्लो २४ घण्टामा प्रदेशमा १ हजार ८८५ जनाको नमुना परीक्षण गरिएकोमा थप ९४६ जनामा कोरोना पोजेटिभ देखिएको विज्ञप्ति मार्फत निर्देशनालयले उल्लेख गरेको छ ।

कास्कीका २९५ सहित म्याग्दीका १८१ जना,  स्याङ्जाका ९० जना, बाग्लुङका ९५ जना, पर्वतका १८ जना, तनहुँका ६१ जना, गोरखाका १७१ जना, लमजुङका ८ जना र नवलपुरका २५ मुस्ताङका २ जना गरी प्रदेशका दश जिल्लामा ५०३पुरुष तथा ४४३ जना महिलामा कोरोना पुष्टि भएको हो ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ३४ हजार ५८२ पुगेको छ।  पछिल्लो २४ घण्टामा ६९९ जना निको भएसँगै प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या २३ हजार ७६७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा गण्डकीमा थप १७ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणका कारण प्रदेशभर ज्यान गुमाउनेको संख्या ५३१ पुगेको छ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button