श्रीमती र छाेरीमाथि खुर्पा प्रहार गर्ने पुरुष पक्राउ, दुबैजनाकाे अवस्था गम्भीर

पाेखरा न्यूज ।  घरायसी विवादमा श्रीमती र छाेरीमाथि खुर्पा प्रहार गर्ने एक पुरुष नवलपुरमा पक्राउ परेका छन् ।

नवलपरासी पूर्व जिल्लाकाे गैडाकोट नगरपालिका-९ ब्रिटिसक्याम्प बस्ने ६३ वर्षीय हर्क बहादुर राईले घरायसी बिबादमा आज ४६ वर्षीया आफ्नै श्रीमती  धन कुमारी राई र  १४ वर्षीया छोरी अनुस्का राईलाई खुर्पा प्रहार गरी घाइते बनाएको प्रहरीले जनाएकाे छ ।

टनास्थलमा  पुगेकाे प्रहरी टोलीले हर्क बहादुर राईलाई नियन्त्रणमा लिई घाईतेहरुलाई उपचारको लागि नयाँ मेडिकल कलेज भरतपुर पठाईएको छ  ।  घाइते दुबैको अवस्था गम्भीर रहेको घटनाको विषयमा थप अनुसन्धान भइरहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पाेखराले जानकारी दिएकाे छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button