पाेखरा उपचारका लागि ल्याइएका माेटरसाइकल दुर्घटनाका घाइते युवाकाे मृत्यु

पाेखरा न्यूज । माेटरसाइकल दुर्घटनामा घाइते भएर उपचारका लागि फिस्टेल अस्पताल पाेखरामा ल्याइएका कास्कीकाे लुम्लेका एक युवाकाे मृत्यु भएकाे छ ।

आज दिउसाे साढेे १२ बजे  माछापुच्छ्रे गाँउपालिका-८ ठाँटी स्थित  रिभानबाट लुम्लेतर्फ जादै गरेको ग १४ प ९७५५ नं. को मोटरसाईकल आफै अनियन्त्रित भइ बिजुलीको पोलमा ठोक्किएकाे हाे ।

माेटरसाइकल बिजुलीको पोलमा ठोक्किदा माछापुच्छ्रे गाँउपालिका-८ लुम्लेका १८ वर्षीय लक्की बि.क.घाइते भइ उपचारको लागी फिस्टेल अस्पतालमा ल्याइएकाे थियाे ।

गण्डकी प्रदेश प्रहरी कार्यालय पाेखराका अनुसार अस्पतालमा  ल्याइ चेकजाँच गर्ने क्रममा उनकाे मृत्यु भएको र घटनास्थलमा प्रहरी टोली पुगेर दुर्घटनाबारे थप अनुसन्धान गरिरहेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button