
पोखरा न्यूज । कोरोना सङ्क्रमित एक गर्भवतीको जिल्ला अस्पताल दैलेखमा शल्यक्रिया गरिएको छ । उहाँको शल्यक्रियाबाट बच्चा जन्माइएको छ ।
दुल्लु नगरपालिका–९ की ती महिलाको डा. जगत थापा नेतृत्वको टोलीले सफल शल्यक्रिया गरेको हो । अहिले आमा र बच्चाको स्वास्थ्यस्थिति सामान्य रहेको डा. थापाले जानकारी दिनुभयो । ती महिलालाई उहाँलाई सुत्केरी ब्यथाले च्यापेपछि जिल्ला अस्पतालमा ल्याइएको थियो ।
सुत्केरी गराउने क्रममा उहाँ पहिलेदेखि बिरामी भएको जानकारी पाएपछि जाँच गर्दा कोरोना पोजेटिभ रिपोर्ट आएको डा थापाले जानकारी बतउनुभयो । समयमा ती महिलालाई अस्पताल ल्याउन नसकिएको भए ज्यान जोखिममा पर्न सक्ने थियो ।
सो अस्पतालमा गत तिन महिनादेखि बन्द भएको शल्यक्रिया सेवा पुन सञ्चालनमा आएको छ । उहाँलाई जिल्ला अस्पतालको आइसोलेशनमा राखेर उपचार गरिने र पूर्ण स्वस्थ भएपछि घर पठाइने अस्पतालले जनाएको छ । सो अस्पतालमा प्रशूतिसम्बन्धी विशेषज्ञ चिकित्सक अभाव भएको विषयमा समाचार सम्प्रेषण भएको थियो ।
जिल्ला अस्पतालमा गत तिन महिनासम्म उक्त सेवा बन्द हुँदा गर्भवतीहरु उपचार र शल्यक्रियाका लागि सुर्खेतस्थित अस्पतालमा धाउने गरेका थिए ।





