रुखले किचेर ३४ वर्षीय युवककाे मृत्यु

पाेखरा न्यूज । आज बिहान रुख काट्ने क्रममा अचानक ढलेर किच्दा धनकुटामा एक जना ३४ बर्षीय युवककाे मृत्यु भएकाे छ ।

धनकुटाको महालक्ष्मी नगरपालिका ७ का ३४ बर्षीय पुर्ण कुमार तुम्वाको रुखले किचेर मृत्यु भएको छ ।

प्रहरीका अनुसार आज बिहान ९ बजे छिमेकीको जग्गामा रहेको चेक्रासी जातको रुख काट्ने क्रममा अचानक रुख आफु पट्टी ढलि किचेर घटनास्थालमानै मृत्यु भएको छ ।

घटनाको जानकारी पाए लगतै प्रहरी चौकी जितपुरबाट र जिल्ला प्रहरी कार्यालय धनकुटाबाट प्रहरी टोली खटि गई थप अनुसन्धान गरिरहेको  जनाइएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button