पाेखराका ५८ वर्षीय गुरुङ सेती नहरको ड्याममा मृत अवस्थामा फेला

पाेखरा न्यूज । घरबाट काेही कसैलाई नभनी निस्केर सम्पर्कविहिन भएका पोखरा महानगरपालिका-१६ अमरदिपका ५८ वर्षीय नैन सिंह गुरुङ मृत अवस्थामा फेला परेका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालय पाेखराका अनुसार गुरुङ हिजाेदेखि घरबाट हिँडेका थिए ।

प्रहरी र स्थानीय जनप्रतिनिधि सहित खोजतलास गर्दै जाने क्रममा आज साढे ९ बजेको समयमा पाेखराकाे शान्तिघाटस्थित सेती नहरको ड्यामको बारमा उनी अड्किएको मृत अवस्थामा फेला परेका हुन् ।

घटनाका बिषयमा थप अनुसन्धान भइरहेको  प्रहरीले जानकारी दिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button