हराइरहेका तनहुँका ६५ वर्षीय पुरुष आज मृत फेला

पाेखरा न्यूज । जेठ ३ गतेदेखि हराइरहेका तनहुँका ६५ वर्षीय पुरुष आज मृत फेला परेका छन् ।

तनहुँ जिल्लाकाे व्यास नगरपालिका-७ बोटेटार बस्ने अन्दाजी ६५ वर्षका नसे बोटे आज दिउसाे ११ बजे साेही नगरपालिकाकाे वडा नं ५ स्थित फक्सिङ सामुदायिक जंगलको खोल्सीमा मृत अवस्थामा फेला परेका हुन् ।

घटनास्थलमा प्रहरी टोली खटेर साे घटनाका बिषयमा थप अनुसन्धान गरिरहेकाे गण्डकी प्रदेश प्रहरी कार्यालय पाेखराले जानकारी दिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button