प्रधानमन्त्री र प्रधान न्यायाधीशकाे भेट भएको भन्ने समाचार भ्रमपूर्णः सर्वाेच्च अदालत

पाेखरा न्यूज । प्रधानमन्त्री केपी शर्मा ओली र प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराबीच भेट भएकाे भनेर विभिन्न संचार माध्यमले प्रकाशित गरेकाे समाचारप्रति सर्वोच्च अदालतले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

आज अदालतले एक प्रेस विज्ञप्ति जारी गर्दै विभिन्न अनलाइन सञ्चारमाध्यममा सोमबार राती बालुवाटारमा प्रधानमन्त्री र प्रधान न्यायाधीश वीच छलफल भएको भन्ने समाचारमा कुनै सत्यता नरहेको बताएकाे हाे ।

सर्वोच्चका सहप्रवक्ता देवेन्द्र ढकालद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ–‘ अदालतमा दर्ता हुन आएका कुनै विवादसँग जोडेर न्याय सम्पादनको कार्यलाई प्रतिकूल प्रभाव पार्ने कुत्सित मनसाय राखी सत्य तथ्य र यथार्थ अवस्था बुझ्दै नबुझी समाचार प्रकाशन गर्नु दुःखद अवस्था हो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button