कास्कीमा थप ४४० जनामा कोरोना संक्रमण पुष्टि

गण्डकीमा १ हजार ७३४ संक्रमित थपिए

पाेखरा न्यूज । पछिल्लो २४ घण्टामा कास्की जिल्लामा थप ४४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

साेमबार कास्कीमा २२१ जना पुरुष तथा २१९ जना महिला गरी ४४० जनामा कोरोना भाइरस देखिएको प्रदेश स्वास्थ्य निर्देशनालय पाेखराले जनाएको छ ।

पछिल्लो २४ घण्टामा प्रदेशमा ३ हजार ३६८ जनाको नमुना परीक्षण गरिएकोमा थप १ हजार ५४९ जनामा कोरोना पोजेटिभ देखिएको विज्ञप्ति मार्फत निर्देशनालयले उल्लेख गरेको छ ।

कास्कीका ४४० सहित म्याग्दीका ५१ जना,  स्याङ्जाका २४० जना, बाग्लुङका २ जना, पर्वतका ९२ जना, तनहुँका ६२ जना, गोरखाका २२३ जना, लमजुङका २३९ जना,  नवलपुरका १५६ जना र  मुस्ताङका ४४ जना गरी प्रदेशका १० जिल्लामा ८५५ पुरुष तथा ६९४ जना महिलामा कोरोना पुष्टि भएको हो ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ३६ हजार ८७५  पुगेको छ।  पछिल्लो २४ घण्टामा १ हजार २७७ जना निको भएसँगै प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या २५ हजार ६९७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा गण्डकीमा थप १९ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणका कारण प्रदेशभर ज्यान गुमाउनेको संख्या ५७० पुगेको छ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button